बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने : प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १३ : १३
बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । 

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताएका हुन् ।

‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने ।

अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेमा बताए ।

सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको पछिल्ला गतिविधि तर्फ केन्द्रीत गर्दे प्रचण्डले भने, ‘मलाई लाग्छ यो अन्तिम–अन्तिम हुनुपर्छ । उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन ।’
 

प्रतिक्रिया दिनुहोस