विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री  थापाको भनाइ

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १२ : १२
विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री  थापाको भनाइ

काठमाडौं ।  नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री रामबहादुर थापा (बादल) ले बताउनु भएको छ । 

सोमबार संसदमा राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे जानकारी दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनु भएको हो । विप्लव समूहको बन्द र आपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको, तर शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उहाले बताउनु भयो । 
राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको थापाको भनाइ छ ।
विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भन्नुभयो, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

प्रतिक्रिया दिनुहोस