आफ्नो कारणले अरु व्यवसायिक उडान ढिलाई भएपछि मेक्सिकोका मन्त्रीले दिए राजीनामा

एजेन्सी

आइतबार, १२ जेठ २०७६, १५ : २७
आफ्नो कारणले अरु व्यवसायिक उडान ढिलाई भएपछि मेक्सिकोका मन्त्रीले दिए राजीनामा

एजेन्सी । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिनुभएकाे छ । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उनले राजीनामा दिनुभएकाे हाे ।

मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत पनि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उहाँ दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिनुभएकाे थियाे ।
 

प्रतिक्रिया दिनुहोस