चीनमा डुङ्गा दुर्घटना हुँदा दश जनाको मृत्यु

एजेन्सी

शुक्रबार, १० जेठ २०७६, १८ : ३५
चीनमा डुङ्गा दुर्घटना हुँदा दश जनाको मृत्यु

प्रतिकात्मक फोटो

गुइयाङ । चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ  ।

स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ ।  दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस