प्रधानमन्त्री ओली आज साँझ ७ बजे स्वदेश फर्किदै

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, ०९ : २५
प्रधानमन्त्री ओली आज साँझ ७ बजे स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साझ ७ वजे स्वदेश फर्किदैछन् । भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी उनी आज स्वदेश र्फिक्न लागेका हुन् ।‘नेपाल एयरलाइन्सको विमानबाट साझ ७ वजे प्रधानमन्त्री काठमाडौँ आइपुग्ने कार्यक्रम छ,’– प्रधानमन्त्रीका  प्रेस सल्लाहकार डा कुन्दन अर्यालले वताए ।

प्रधानमन्त्री अपरान्ह कम्वोडियावाट वैंकक हुदै स्वदेश फर्किनेछन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली  वैशाख २६ गते त्यसतर्फ लागेका थिए ।

शुरुमा भियतनाम पुगेका ओली वैशाख ३० गते कम्वोडिया पुगेका थिए ।ओलीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु भ्रमण दलमा सहभागी छन् ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भियतनाम र कम्बोडियासँग द्विपक्षीय हितका विषयमा विभिन्न सहमति, समझदारी र छलफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस