सगरमाथा आरोहण : आफ्नै रेकर्ड तोडे कामिरिताले

२३औं पटक सर्वाेच्च शिखर सगरमाथामा पुगेर नयाँ कीर्तिमान कायम

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, ०९ : ०३
सगरमाथा आरोहण : आफ्नै रेकर्ड तोडे कामिरिताले

काठमाडौं  । नयाँ विश्व किर्तिमान कायम गदै कामिरिता शेर्पाले २३ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले आज विहान ७ वजेर ५० मिनेटमा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण पूरा गरेका हुन् । यो नयाँ विश्व किर्तिमान हो ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान तोडेका हुन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार, कामिरिता शेर्पा र ओङ्दी शेर्पाले हिवान सर्वाेच्च शिखरमा सफल आरोहण गरेका हुन् ।

आचार्य स्वंम् पनि अहिले सगरमाथाकोअ ाधार शिविरमा छिन् । कामिरिताको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको कुरा भएको बताए ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका कामिरिताले२५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् । सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा १६ शेर्पाले ज्यान गुमाएपछि उनले आरोहण त्याग्ने मनसाय व्यक्त गरेका थिए । तर हिमालसँगको पुरानो नाताले केही महिनामै उनको मन बदलियो । त्यसपछि फेरि उनले आरोहण रोकेनन् ।

उनी हिमाल चढ्नुभन्दा एक महिना अघिदेखि गुम्बाहरूमा पूजा गर्न सुरु गर्छन् ।

एक्काइस पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् भने ३८ वर्षिय ङिमा नुरु शेर्पा अझै सक्रिय छन् । ङिमा नुरु शेर्पा यस पटक तिब्बततर्फबाट सगरमाथा चढ्ने प्रयासमा छन् ।

सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने नेपाली

कसले कति पटक चढे ?
आरोही  आरोहण
कामिरिता शेर्पा २३
ङिमा नुरु शेर्पा २१
आप्पा शेर्पा २१
फुर्वातासी शेर्पा २१
आङ दोर्जी शेर्पा १९
छेवाङ निमा शेर्पा १९
मिङ्मा छिरी शेर्पा १९
लाक्पा रिता शेर्पा १७
कामिरिता शेर्पा १६
निमा गोम्बु शेर्पा  १६

                     

 

प्रतिक्रिया दिनुहोस