काठमाडौँ । अष्ट्रेलियाको पिआर हुँ भन्दै विहे गरी लाष्टमा ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनको यो अपराधमा सघाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपरधा महाशाखाको टोलीले सुनसरीको बुर्ज गाउँपालिका–६ घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्ने २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीको कमलामाई नगरपालिका–२ का स्थायी ठेगाना भई काठमाडौँको बाँसबारीमा एसियन इन्टरनेशनल कन्सल्टेन्सी चलाउने गणेश भन्ने अरविन स्याङ्बोलाई पक्राउ गरेको जनाएको छ ।
अधिकारीलाई सोमबार बानेश्वरबाट र स्याङ्बोलाई मंगलबार बाँसबारीबाट पक्राउ गरिएको महानगरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।
अधिकारीले अष्ट्रेलियाको पीआर रहेको भन्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीका अमित श्रेष्ठलाई ठगेकी थिइन् । श्रेष्ठलाई अधिकारीसँग कन्सल्टेन्सीका डाइरेक्टर स्याङ्बोले भेटाएका थिए ।
अधिकारीले रुेष्ठलाई आफूसँग विवाह गरेर अष्ट्रेलिया लैजाने बताएर विहे समेत गरेकी थिइन् । विहेको फोटो र भिडियो समेत तयार पारेर उनले श्रेष्ठबाट ४ लाख ५० हजार रकम लिएर सम्पर्कविहिन भइन् । आफू ठगिएको शंका लागेर श्रेष्ठले महाशाखामा उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ बैशाख २०७६, २१ : १२
लेखकबाट थप