सम्पादकीय स्वतन्त्रता नपाएको भन्दै नागरिक नेटवर्कका पत्रकारहरुको राजीनामा

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, २० : ०४
सम्पादकीय स्वतन्त्रता नपाएको भन्दै नागरिक नेटवर्कका पत्रकारहरुको राजीनामा

काठमाडौं । न्यूनतम सम्पादकीय स्वतन्त्रता पनि महसुस गर्न नसकेको भन्दै नागरिक नेटवर्कका सम्पादकसहित सात जना पत्रकारहरुले राजीनामा दिएका छन् । 

नागरिक नेटवर्कको अनलाइन संस्करण तर्फका सम्पादक राजाराम गौतमसहित पत्रकारहरु लक्ष्मण श्रेष्ठ, पुरुषोत्तम पौडेल, धीरज देवकोटा, ईश्वरकुमार दाहाल (किरण), सन्तोष धिताल, चिरञ्जिवी घिमिरे र जीवन कुँवरले राजीनामा दिएका हुन् । 

नागरिक नेटवर्कको समाचार कक्षमा नियुक्त भएदेखि नै प्रकाशको ठाडो हस्तक्षेप भोग्नुपरेको कारण देखाउँदै उनीहरुले राजीनामा दिएका हुन् । साथै उनीहरुले तीन महिनादेखि पाउनुपर्ने तलव नपाएको बताएका छन् । 

यतिबेला नागरिक नेटवर्कद्वारा सञ्चालित सबै संस्करणहरुमा कार्यरत सम्पादक तथा पत्रकारहरुको राजीनामा दिने तयारीमा रेहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस