चितवन । एपिएफ भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार भएको अन्तीम क्वार्टर फाईनलमा विरगंज युनाईटेडलाई ३ – १ गोल अन्तरले पाखा लगाउँदै एपिएफ सेमिफाईनलमा प्रवेश गरेको हो ।
एपिएफको जितमा रमेस डंगोलले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै नविन लामाले ५२ औँ मिनेटमा दोस्रो गोल गरे भने ६८ औँ मिनेटमा सन्तोष श्रेष्ठले टिमका लागी तेस्रो गोल गरे ।
उता विरगञ्ज युनाईडेडका लागी प्याट्टीकोले खेलको ७३ औँ मिनेटमा शान्तवना गोल फर्काए । एपिएफले लगातार ३ गोल गरेपछि विरगंज युनाईटेड निक्कै दवावमा परेको थियो ।
मंगलवारको खेलसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । एपिएफसँगै संकटा क्लब, झापा ११ र चितवन ११ प्रतियोगिताको सेमिफाईनलमा प्रवेस गरेका छन ।
अब वुधवारबाट सेमिफाईनलका खेलहरु सुरु हुने रेफ्रि सुक्र तामाङले जानकारी दिए । पहिलो सेमिफाइनलमा घरेलु टिम चितवन ११ र संकटा भिड्ने छन ।
नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ बैशाख २०७६, २० : ०४
लेखकबाट थप