फजुल खर्च नगरी खाद्यान्न र औषधि सहयोग

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, १९ : ५१
फजुल खर्च नगरी खाद्यान्न र औषधि सहयोग

चितवन । नारायणगढ रोटरी क्लबले रत्ननगर–११ मा रहेको गाँमबेसीको चेपाङ्ग संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरूका लागि खाद्यान्न सहयोग गरेको छ । केन्द्रमा आश्रित बालबालिकाको लागी खाद्यन्न अभाव भएपछि नारायणगढ रोटरीले खाद्य सामग्रीहरू सहयोग गरेको हो ।

आश्रित १६० जना चेपाङ बालबालिकाहरूका लागी प्राथमकि उपचारको औषधी समेत वितरण गरिएको छ ।  क्लब मार्फत पूर्व अध्यक्ष अरुण पिया तथा वहाँकी धर्मपत्नी बन्दना पियाले तीसौं बैवाहिक वर्षगाँठको अवसरमा उत्सवको अवसरमा सहयोग गरेका हुन । क्लबका अध्यक्ष रमेश पौडेल र रोटरी क्लब जोन २३ का एसिस्टेन्ट गभर्नर डा. केशबराज भुर्तेलले क्लबको तर्फबाट प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममाकेन्द्रलाई क्लब मार्पmत ७२० किला चाल , २० किलो तेल , ५० किला नुन , सोयाबिन १५ किलो, दाल २५ किलो, धुलो जिरा ३ किलो, बेसार २ किलो, एक क्विन्टल , ३० किलो प्याज , र साबुन गरी २५ हजार बराबरको  सहयोग गरेका हुन ।

जन्मोत्सव तथा वैवाहिक वर्षगाँठहरूमा फजुल खर्च नगरी गरिब तथा असहाय बालबालिकाहरूका निम्ती सहयोगको भावले सहयोग गरेको पूर्व अध्यक्ष पियाले बताए । आफ्ना बुवा स्वर्गीय बुबा कृष्णबन्धु पियाबाट अभिप्रेरित भएर सहयोग गरेको पियाले बताउनुभयो ।  केन्द्रका संरक्षक केपी किरण शर्माले विगत आठ वर्षदेखि नारायणगढ रोटरी क्लबले सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए ।  प्रमुख अतिथि डा. केशवराज भुर्तेलले उक्त केन्द्रमा आश्रित कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सहयोग प्रदान गर्दै आएको जनाउदै सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । चितवन रोटरी क्लबका सदस्य रजनी मास्केले पनि बालबालिकाहरूका लागि आवश्यक कापी, कलम र अन्य सहयोगको प्रतिबद्धता जनाईन । 

क्लबका अध्यक्ष रमेश पौडेलले गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रमा आश्रित विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुहुँदै केन्द्रका संरक्षक केपी किरण शर्मासँग आगामी दिनहरूमा थप आवश्यकताहरू भएमा पुरा गर्ने आश्वासन दिएका छन ।

प्रतिक्रिया दिनुहोस