संसदमा आजवाट प्रि बजेट छलफल हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, ०६ : ५०
संसदमा आजवाट प्रि बजेट छलफल हुँदै

काठमाडौं । संसदमा प्रि बजेट छलफल आजवाट शुरु हुदैछ । सरकारको नीति तथा कार्यक्रम अगाडी प्रि बजेट छलफल हुनु पर्ने विपक्षी काग्रेस सांसदहरुको माग भएपनि सरकारले नीति तथा कार्यक्रम पारित गरेपछि मात्र प्रि बजेट छलफलमा प्रवेश गरेको हो ।

जेठ १५ मा नयाँ आर्थिक वर्षको वजेट ल्याउनै पर्ने सम्वैधानिक ब्यवस्था छ । त्यसो हुदा बजेट अगावै संसदमा सांसदहरुका वीचमा प्रि बजेट छलफल गराउने परम्परा छ ।

बजेटको सिद्धान्त र प्राथमिकतामाथी सांसदहरुले प्रि बजेट छलफल गर्न पाउनेछन् ।

दलीय आधारमा सांसदहरुले छलफलमा सहभागी हुन पाउने गरी सभामुख कृष्ण वहादुर महराले निर्देशन गरिसकेका छन् । जनप्रतिनिधीले दिएको सुझावलाई समेत समेटेर सरकारले वार्षिक वजेट तयार पार्ने संसदीय प्रणाली छ । 

प्रतिक्रिया दिनुहोस