हिरासतका युवा झुण्डिएको फेला परेपछि ईलाका प्रहरी कार्यालय टाँडीमा तोडफोड, प्रहरीद्धारा हवाई फायर

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, २२ : ३७
हिरासतका युवा झुण्डिएको फेला परेपछि ईलाका प्रहरी कार्यालय टाँडीमा तोडफोड, प्रहरीद्धारा हवाई फायर

 


चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवा झुण्डिएको अवस्थामा फेला परेपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका १ का समिर घिसिङ हिरासतभित्रकै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेपछि उनका आफन्तले ईलाका प्रहरी कार्यालयमा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
गम्भीर घाईते घिसिङको भरतपुर स्थित पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको । तर उनका आफन्तले घिसिङको मृत्यु भएको भन्दै तोडफोड गर्नुका साथै केहिसमय पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेका थिए । सोहि क्रममा १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले बल प्रयोग गरी राजमार्ग खुलाएको छ । घिसिङ यहि वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस