प्रथम जलवायु सम्मेलन : जलवायुमैत्री टोल, गाउँ र नगर बनाइने

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, १९ : ५०
प्रथम जलवायु सम्मेलन : जलवायुमैत्री टोल, गाउँ र नगर बनाइने

नवलपुर । कावासोतीमा प्रथम जलवयु सम्मेलन २०७६ सम्पन्न भएको छ । २ दिन सम्म नवलपुरको कावासोतीमा चलेको सम्मेलनमा  सात बुँदे कावासोती घोषणापत्र जारी गरेको छ । 
वैशाख २५ गते जलवायु परिवर्तन र यसको बढ्दो अवस्थाको साथै न्युनीकरणका विषयमा विशेषज्ञद्वारा कार्य पत्र प्रस्तुति र टिप्पणी गरिएको थियो ।
उद्घाटन शत्रमा जलवायु परिवर्तका विषयमा जलवायु बिशेषज्ञ डा मोहन पौडेलले प्रस्तुत गरेको कार्यपत्रको टिप्पणीका आधारमा ७ बुँदे घोषणा पत्र जारी गरिएको हो । 
सात बुँदे घोषणा पत्रमा मानविय कृयाकलापका कारण वातावरणीय क्षति दिनानुदिन बढेका कारण सो को न्यूनिकरणका लागि जलवायु सम्बन्धि सचेतना अभिवृद्धि गर्ने, स्थानीय तहको नीति तथा कार्यक्रममा जलवायुमैत्री गाउँ, टोल र नगरको अवधारणा अघि बढाउने, स्थानीय तहले बनाउने शिक्षा नीति र पाठ्यक्रममा जलवायु परिवर्तनका कुराहरू समावेश गर्ने रहेको छ । 
यसैगरी घोषणापत्रमा जलवायु परिवर्तनले मानव जीवनमा पार्ने नकारात्मक असर कृषि, पशुपालन, स्वास्थ्यलगायतका सूचना शंकलन र अनुकुलनका लागि संयन्त्र बनाउने, वन जंगलको संरक्षण गर्न, औधोगिक तथा फोहरजन्य उत्सर्जन न्यूनीकरण गर्न स्थानीय तहले विज्ञको सुझाव सहित अल्पकालीन र दीर्घकालिन योजना बनाउने, जलवायु परिवर्तन सम्वन्धि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय सभा सम्मेलन र प्रोटोकलको आधारमा योजना र विकास कार्यक्रम संचालन गर्ने रहेको छ । 
यस्तै, जलवायुसँग प्रत्यक्ष जोडिएका महिला, दलित, आदिवासी, किसान, सिमान्तकृत समुदाय, वन समूह, विपन्न वर्ग र नदी किनार वा जंगलको छेउछाउमा बस्ने समुदायको लागि निरन्तर अभिमुखिकरण र जनतेतना जागृत गर्ने तथा उद्यमशिल कार्यक्रम संचालन गर्ने घोषणापत्रमा छ । 

प्रतिक्रिया दिनुहोस