त्रिसुली गल्छी जलविद्युत आयोजना इपिसी मोडलमा बनाउने संझौता सम्पन्न

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १९ : ३०
त्रिसुली गल्छी जलविद्युत आयोजना इपिसी मोडलमा बनाउने संझौता सम्पन्न

काठमाडौं । सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गरेको त्रिसुली गल्छी जलविद्युत परियोजना निर्माणको लागि सीडब्लुटीडब्लु नामक चीनिया कम्पनीसँग इीपसी मोडेलमा निर्माण गर्ने गरी संझौता भएको छ । यस संझौता पत्रमा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष डा. त्रिलोचन उप्रेती र सीडब्लुटीडब्लु कम्पनीका भाइस जेनरल म्यानेजर क्यू जियाङ्ग वेईले वैशाख २२ गते (आइतबार)  काठमाडौंमा हस्ताक्षर गर्नुभएको छ । 

यस संझौतानुसार चिनको सीडब्लुटीडब्ल कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई संचालनमा आएको दुई वर्षभित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएको छ  । आयोजनाको विस्तृत डिजाईनको काम सम्पन्न गरी अविलम्ब निर्माण सुरु गर्ने सहमति भएको छ । यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनीया कम्पनीले यही मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवा जिल्लामा निर्माणाधिन लाङटाङ र फलांखुखोला आयोजना यही विधिबाट निर्माण भईरहेका छन् । 
सुरुमा ७५ मोगवाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल ड्याम–डोई प्रकारको प्रकारको पावर हाउस बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मस्र्यादी काठमाडौं १३२ केभि ट्रान्समिशन लाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपुर्ति गरिनेछ । यो आयोजनाको निर्माण अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागि शेयर निष्काशन गरिनेछ । यो आयोजना बनेपछि नुवाकोट जिल्ला जलविद्युत र पर्यटन केन्द्रको रुपमा परिणत हुनेछ । प्रदेश नंं. ३ को यो एक आकर्षक आयोजना हुनेछ । यो एक बहुद्देशीय परियोजना भएको हुँदा यसमा नीजि सरकारी साझेदारीको संभावना रहेको कुरा कम्पनीका अध्यक्ष डा. उप्रेतीले बताउनु भएको छ । उहाँले पूर्वाधारहरु पुगेका ठाँऊमा यस प्रकाका थुप्रै आयोजनाहरु निर्माण हुने विश्वास व्यक्त गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस