अध्यक्ष प्रचण्डले पार्टीमा भित्र्याए नयाँ शक्तिकी सीमालाई

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १६ : ५५
अध्यक्ष प्रचण्डले पार्टीमा भित्र्याए नयाँ शक्तिकी सीमालाई

काठमाडौँ । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य तथा पूर्वसांसद सीमा विक नेकपा प्रवेश गरेकी छन् । विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरेका छन् । 
धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित स्वागत कार्यक्रममा  बोल्दै प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गाी संगठन र कार्यविभाजन एक दुई दिन भित्रै टुंग्याइने बताए । 

नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपालबीच एकता भइ समाजवादी पार्टी नेपाल बनेपछि नयाँ शक्तिका केही केन्द्रीय नेताहरु असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस