यसरी बढ्दैछ सुरक्षा निकायको राशन भत्ता

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १५ : ४२
यसरी बढ्दैछ सुरक्षा निकायको राशन भत्ता

काठमाडौँ । सरकारले सुरक्षा निकायका कर्मचारीको राशन भत्ता चार वर्षपछि बढाउने भएको छ । राशन भत्ता बढाउनको लागि गृहमन्त्रालयले अर्थमन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।
गृहमन्त्रालका सहसचिवको नेतृत्वमा बसेको राशन पुनरावलोकन समितिले तीन वटै सुरक्षा निकायका कर्मचारीको राशन भत्ता २० प्रतिशत बढाउने प्रस्ताव गरेको छ। २०७२ सालदेखि यता सुरक्षा निकायको राशन भत्ता बढेको छैन ।  गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार  कर्मचारीको राशन भत्ता पुनरावलोकनका लागि समिति बनेर काम भैरहेको छ । 
नेपाल प्रहरीको आर्थिक प्रशासन शाखाका प्रमुख एसएसपी दीपक थापाले आर्थिक वर्षको सुरुदेखि राशन भत्ता बढ्ने बताउनुभयो । उनका अनुसार भत्ता ठाउँ हेरेर १५ देखि २० प्रतिशत बढ्नेछ । ‘चार वर्षदेखि राशन भत्ता बढेको थिएन,’ उनले भने, ‘यो वर्ष सबै सुरक्षा निकायमा कार्यरत कर्मचारीको राशन भत्ता बढ्छ ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब सवा लाख जनशक्तिका लागि रासन भत्तामा मासिक ७० देखि ८० करोड रुपैयाँसम्म खर्च हुन्छ । सेनाका लागि भने दुवै संगठन बराबरको खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस