कांग्रेस आजवाट देशब्यापी जागरण अभियानमा

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, ०८ : ०७
कांग्रेस आजवाट देशब्यापी जागरण अभियानमा

फाईल फोटो

काठमाडौं । विपक्षी काग्रेस आज वाट सरकारविरुद्ध खवरदारी गर्न र पार्टीको संगठनात्मक सुढीढीकरणका लागि देशभर जागरण अभियानमा निस्कदैछ ।

हिमाल, पहाड, तराई मधेसी नेपाली काग्रेस राष्टिय जागरण अभियानको नारा सहित काग्रेसले देशब्यापी जागरण अभियान चलाउन लागेको हो ।

जेठ २५ सम्म चल्ने पहिलो चरणको अभियानमा काग्रेसले पार्टीका केन्द्रीय प्रतिनिधीहरु सवै जिल्लामा खटाएको छ । पार्टी पदाधिकारीलाई प्रदेश कमाण्डर वनाएको उसले केन्द्रीय नेताहरुलाई भने जिल्लाको नेतृत्व गर्ने गरी पठाएका हो ।

अभियानका क्रममा उसले केही नियम पनि वनाएको छ । कार्यक्रममा माला, ब्याज र खादा नलगाउने, अभियानमा स्वागत मन्तब्य र विर्सजन वाहेक तीन जना मात्र कार्यक्रममा वक्ता वनाउने, त्यसमध्ये पनि एक जना महिला वक्ता अनिवार्य हुनु पर्ने, अभियानको उद्घाटन वरविपल वा स्वामीमध्ये कुनै एक विरुवा रोपेर गर्नुपर्ने जस्ता नियम काग्रेसले वनाएको छ ।

पहिलो अभियान सकेपछि दोश्रो अभियान भदौं २४ देखि असोज ७ सम्म चल्ने  र तेश्रो पुस ७ देखि मेलमिलाप दिवस पुस १६ गते समापन गरिने  गरी अयिभान वनाएको काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस