सातै प्रदेशमा समाजवादी पार्टीको सरकार बनाउँछौंः मुख्यमन्त्री राउत

सोमबार, २३ बैशाख २०७६, १४ : २९
सातै प्रदेशमा समाजवादी पार्टीको सरकार बनाउँछौंः मुख्यमन्त्री राउत

काठमाडौं । नवगठित समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले सातै प्रदेशमा आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी घोषणा कार्यक्रममा राउतले समाजवादी पार्टीलाई देशको एक नम्बरको पार्टी बनाउने उद्घोष गरे । 

“हिमाल, पहाड र तराईका उपेक्षित, उत्पीडित, आदिवासी जनताको साँचो पार्टी बनाउँछौं । अब देशको मुख्य शक्ति बन्छौं । मुद्दा, विचार, दृष्टिकोण, नेतृत्व सही छ । यसलाई एक नम्बरको पार्टी बनाउँछौँ,” उनले भने । 

प्रतिक्रिया दिनुहोस