केटी काण्डले ललितपुरमा ‘ग्याङ्ग फाईट’, एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, २१ : ४८
केटी काण्डले ललितपुरमा ‘ग्याङ्ग फाईट’, एक जनाको मृत्यु

प्रतिकात्मक फोटो

ललितपुर । शुक्रबार साँझ साढे ६ बजेतिर ललितपुरको सुमेरु अस्पताल नजिकैको गल्लीमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको छुरा प्रहारबाट मृत्यु भएको छ । 
केटीको विषयमा विवाद हुँदा ललितपुर महानगरपालिका – ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस