सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

‘मेरो नेतृत्वको सरकारले काम गर्दै छ, सफल हुँदैछ’

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १६ : ५५
‘मेरो नेतृत्वको सरकारले काम गर्दै छ, सफल हुँदैछ’

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६ र ७७ का लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 
उहाँले मेरो नेतृत्वको सरकारले काम गरिरहेको र सफल भएको बताउनुभयो ।  

आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रममार्फत चालु आर्थिक वर्षका लागि तय भएको नीति तथा कार्यक्रम सफल रुपमा कार्यान्वयन भएको उहाँले दाबी गर्नुभयो । ‘हामीले विकासको आधारका रुपमा नीतिगत समस्याहरु टुंग्याएका छौं।

समृद्ध नेपाल र सुखी नेपालीुको आधार तयार पारेका छौँ। यस अर्थमा मेरो नेतृत्वको सरकारले काम गर्दैछ, राम्रो नतिजा पनि ल्याउँदैछ।’

सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा गरेको छ ।

सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस