नारायणगढमा ग्यालेक्सी इम्पायर लन्ज बार सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, ११ : ५३
नारायणगढमा ग्यालेक्सी इम्पायर लन्ज बार सञ्चालन

चितवन । भरतपुरको नारायणगढमा शुक्रवारबाट ग्यालेक्सी इम्पायर लन्ज बार सञ्चालनमा आएको छ । एक पटकमा २०० ग्राहक क्षमताको सो बार ९ जना युवाहरुले सयुक्त लगानी गरेर सञ्चालनमा ल्याएका हुन । बारका एमडि विसाल श्रेष्ठले पारिवारीक वातावरणमा बसेर खानसक्ने बताए । हाईजेनीक खानाका साथै सुद्धता र सस्तो पनि रहेको विसालको दावी छ । 

साताको वुधवार, शुक्रवार, सनिवार र आईतवार लाईभ म्युजिकको पनि व्यवस्था रहेको छ । लाईभ म्युजिक भनिए पनि धेरै होहल्ला, कोलाहल नहुनेभएकाले शान्त, रमाईलो वातावरणमा बसेर खान चाहानेहरुले ग्यालेक्सी इम्पायर लञ्ज बारलाई आप्mनो रोजाईमा पार्न सक्ने म्यानेजर अनुप खत्रीले बताए ।  
खुल्ला किचन भएकाले ग्राहकले बाहिरैबाट के पाक्दैछ, कसरी पाक्दैछ लगायत सवै जानकारी लिनसक्ने भएकाले ग्राहकको स्वास्थ्य र सन्तुष्टिप्रति प्रतिवद्ध रहेको बारका सेप प्रतिक प्रधानको भनाई छ ।
बारमा ३५ जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालकको भनाई छ । 


 

प्रतिक्रिया दिनुहोस