८ महिनामा २० हजारलाई मार्क्सवाद पढाउने अभियान चल्दै

प्रज्ञा भवनमा वैशाख २२ मा कार्ल माक्र्सको २०१ औं जन्मजयन्ती विशेष कार्यक्रम आयोजना गरि मनाइँदै

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १० : ३२
८ महिनामा २० हजारलाई मार्क्सवाद पढाउने अभियान चल्दै

काठमाडौं । कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

नेकपा स्थायी समिति सदस्य घनश्याम भुषाल, केन्द्रीय सदस्य राम कार्की, डा विजय पौडेल लगायत नेताहरु रहेको कार्ल माक्र्स द्धिशतबार्षिकी समारोह समितिको आयोजनामा २२ वैशाख (आइतबार) गते काठमाडौंमा विशेष कार्यक्रम हुन लागेको हो ।

नेता भुषालका अनुसार, कार्यक्रममार्फत माक्र्सवाद र नेपालको समृद्धिको बिषयमा बहस केन्द्रित गरिने छ । कार्ल माक्र्स द्धिशतबार्षिकी समारोह समितिले आगामी ८ महिनामा २० हजार पार्टी नेता कार्यकर्तालाई माक्र्सवाद पढाउने लक्ष्य राखेको पनि नेता भुषालले वताए ।

‘पार्टी अहिले सिद्धान्तबाट च्युत हुने खतरा वढदै गईरहेको छ । पार्टीलाई बचाइराख्न माक्र्सवाद कक्षा र प्रशिक्षणहरु जरुरी देखियो,’ नो भूषालले सफल खवरसग कुरा गदै भने, –‘त्यसका लागि आगामी ८ महिनामा २० हजार नेता कार्यकर्तालाई माक्र्सवाद पढाउने लक्ष्य राखेका छौं ।’

त्यस्तो प्रशिक्षण कार्यक्रम राजधानी काठमाडौं सहित सात ओटै प्रदेशमा सञ्चालन गरिने पनि भूषालले वताए ।

 

अहिले पार्टीमा सिद्धान्तको भन्दा गुटको ब्यवस्थापनमा नेतृत्वकर्ताहरुले भूमिका खेलिरहेको भन्दै उनले गुटले पार्टी नचल्ने वताए । ‘पार्टी गुटवन्दीले गुट काउन्सिल जस्तो भएको छ,’– भूषालले भने, –‘कार्यकर्ताको मूल्यांकन क्षमताका आधारमा होइन, गुटका आधारमा हुन थालेको छ । यसले पार्टीलाई विघटनतिर मात्र धकेल्छ ।’

प्रतिक्रिया दिनुहोस