काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्टपति विद्यादेवी भण्डारीले आज अपरान्ह्र ४ बजे संयुक्त वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
राष्टपतिको सम्वोधन करिव एक घण्टाको हुने संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केप ीओलीको नेतृत्वमा सरकार गठन पछि दोश्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत गरिन लागेको हो । यही नीतिकै आधारमा सरकारले आर्थिक वर्ष २०७६ /०७७ को बजेट तयार गर्नेछ । प्रमुख प्रतिपक्षी काग्रेसले नीति तथा कार्यक्रमअघि नै प्रि बजेट छलफल गराउनु पर्ने माग गदै आएको छ ।
उसले सरकारले संसद छल्न खोजेको जिकिर गरेको छ । गत वर्ष नीति तथा कार्यक्रम अगाडी नै प्रि बजेट छलफल भएको थियो ।
सरकारले भने नयाँ थिति बसाल्न लागेको वताएको छ ।
राष्टपतिद्धारा प्रस्तुत कार्यक्रम संसदवाट पारित भएपछि मात्र प्रि बजेट छलफल हुने सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, आगामी २४ गतेसम्ममा नीति तथा कार्यक्रम संसदवाट पारित गरिनेछ । नीति पारित भएपछि प्रि बजेट छलफल हुनेछ ।
नेपालमा यस अगाडी सरकार अस्थिर भएका कारण गिरिजाप्रसाद कोइरालालाई अपबादमा राखेर हेर्दा प्रधानमन्त्री केपी ओली निरन्तर दोहोरिएर सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रधानमन्त्री भएका छन् ।
नत्र यस अगाडीका जुनकुनै सरकारले पनि एक कार्यकाल सरकारको नीति तथा कार्यक्रम ल्याएका वा अन्य सरकारले ल्याएका कार्यक्रममा सरकार चलाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० बैशाख २०७६, ०७ : ०९
लेखकबाट थप