फोरमलाई नयाँ शक्तिको शर्त: सरकार छोडे २३ वैशाखमा पार्टी एकता

भट्टराई र उपेन्द्रवीच आज छलफल हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, ०७ : ०२
फोरमलाई नयाँ शक्तिको शर्त: सरकार छोडे २३ वैशाखमा पार्टी एकता

काठमाडौं । नयाँ शक्ति र फोरम नेपाल वीचको वार्ता एउटै विन्दुमा आएर अडकिएको छ । केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्रालय सहितको जिम्मेवारी सहित सरकारमा रहेको फोरमलाई नयाँ शक्तिका संयोजक डा वावुराम भट्टराई ले सरकार छोडन राखेको शर्त ।

हिजो विहीवार विहान र साझ  डा भट्टराई र उपेन्द्र यादववीच दुईपटक वान टु वान छलफल भएको थियो । त्यस्तै, दिउँसो दुवै नेताले राजपा नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो र जनमुक्ति पार्टीका एमएस थापासाग पनि पार्टी एकता केन्द्रीत रहेर छलफल गरेका थिए । यी चार पक्ष वीचको वार्तामा राजपाले भने ततकाल मोर्चा वनाउने र क्रमशः छलफल गरी एकतामा जाने प्रस्ताव राखेको स्रोत बताउँछ ।

तर नयाँ शक्ति र फोरम एकतामा भने सरकारमा फोरम रहने नरहने प्राविधिक विषयमा मात्र अल्झिएको छ । डा. भट्टराई ले सरकार छोडन दवाव वढाएका छन भने यादवले पहिले पार्टी एकता गर्ने र त्यसपछिको एकीकृत पार्टीको केन्द्रीय समितिले यस विषयमा छलफल गरी निर्णयमा पुग्न सकिने अडान लिएका छन् ।

दुई पक्षवीच नमिलेका यी विषयमा आज विहान पनि पून वान टु वान वार्ता हुने तयारी भएको नयाँ शक्ति पार्टी स्रोतले बतायो ।

दुई नेतावीचको छलफल पछि आजै नयाँ शक्ति पार्टीको ३३ सदस्यीय सचिवालयको वैठक वस्दैछ । सचिवालय वैठक शुक्रवार विहानै वोलाइएपनि दुई नेतावीच विहान छलफल पछि मात्र पार्टी वैठक वस्ने भनी वैठक केही घण्टा ढिलो सारिएको नेता देवेन्द्र पराजुलीले वताए ।

त्यस्तै भोलि शनिवार उसले पार्टी महाधिवेशन आयोजक समितिको वैठक समेत पनि वोलाएको छ । महाधिवशेन आयोजक समितिमा सल्लाहकार समिति लगायत पनि सँगै पर्नेछन् ।

फोरमले पनि शनिवार केन्द्रीय समितिको वैठक वोलाएको छ । त्यसवेला सम्म नमिलेका केही प्राविधिक विषयमा सहमति जुटेमा २३ गते नै दुवैका केन्द्रीय समितिको संयुक्त वैठक वसेर एकता घोषणा गर्ने तयारी छ । 

प्रतिक्रिया दिनुहोस