बर्डफ्लु आउन नदिन सतर्क, यसरी बचौँ, यस्तो हुन्छ लक्षण

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, १९ : ४८
बर्डफ्लु आउन नदिन सतर्क, यसरी बचौँ, यस्तो हुन्छ लक्षण

चितवन । चितवनका कुखुरा व्यवसायी चितवनमा बर्डफ्लु आउन नदिन सतर्क भएका छन् । चितवनको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, किसान, व्यवसायी तथा तथा चिकित्सकहरु बर्डफ्लु आउन नदिन सर्तक भएका छन् । 
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेलले चितवनका व्यवसायी तथा किसानहरु चितवनमा वर्डफ्लु आउन नदिन लागिपरेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यति धेरै सतर्क र सचेत छौँ, छिमेकका जिल्लाहरुमा बर्डफ्लु हुँदा चितवन सुरक्षित थियो, अहिले छिमेकी जिल्लाहरु पनि बर्डफ्लु देखिएको छैन ।’
भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चितवन जिल्लामा यतिबेला बर्डफ्लु नदेखिएको जनाएको छ । विज्ञ केन्द्रले चितवनमा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग उपभोग गर्न आग्रह गरेको छ । 
कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको कुखुरा व्यवसायीहरुको भनाइ छ ।  जोखिम नहोस् भन्नका लागि जिल्लाका अधिकांश कृषक सजग रहेकाले जैविक सुरक्षाका कारण जिल्ला सुरक्षित बन्न सकेको अध्यक्ष पौडेलले बताउनुभयो । 
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा बर्डफ्लु नदेखिएको बताउनुभयो । कृषकले जैविक सुरक्षामा ध्यान दिन सकेका कारण रोग भित्रन नपाउने उहाँको भनाइ छ । 
नेपालमा दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । दैनिक ब्रोइलर मासु ८ लाख ५० हजार किलो उत्पादन हुन्छ । हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला ३ लाख उत्पादन हुँदै आएको छ ।
यो व्यवसायले १ लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान पुयाउँदै आएको छ । हालसम्म पोल्ट्री व्यवसायमा १ खर्ब लगानी भएको व्यवसायी बताउँछन् ।
यस्तो छ बर्डफ्लुका लक्षण 
१. उच्च ज्वरो आउनु 
२. खोकी लाग्नु 
३. घाँटी दुख्नु 
४. मांशपेशीहरु दुख्नु 
५. सुरूमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ  
६. संक्रमण छिट्टै फैलिएर श्वास फेर्न गाह्रो हुने 
यसरी सकिन्छ बच्न 
१. नियमितरुपमा साबुन पानीले हात धुने 
२. व्यक्तिगत रुपमा सरसफाईमा ध्यान दिने 
३. आफ्नो वरिपरिको वातावरण सफा राख्ने 
४. बिरामी तथा मरेका कुखुरा तथा पन्छीबाट टाढा बस्ने 
५. बालबालिकाहरुलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने 
६. कुखुराको काँचो मासु काटछाट गर्ने वा पकाउँने मानिसले नांगो हात, खुल्ला नाम मुख गरी मासु चलाउनु हुदैन् । कम्तिमा पनि हातमा पञ्जा मुखमा माक्स वा रुमाल तथाएप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम क मगर्न सकिन्छ । 
७. पन्छिको मासु काटेपछि राम्रोसँग साबुन पानीले सफा गर्ने , मासु तयार गर्दा प्रयोग भएका भाडाकुँडा ,औजार  र अचानोलाई राम्रँेसँग सफा गरी निर्मलीकरण गनुपर्छ । 
८. कुखुराको मासु राम्ररी पकाएर खाने –कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्दछ । 
९. जंगली तथा घरपालुवा पन्छी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी ÷पशुस्वास्थय कार्यालयमा तुरुन्त जानकारी गराउँने ।
१०. ईन्फलुएनजाको कुनै पनि शंका लाग्ने बितिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
११. चिकित्सकको सल्लाह बिना औषधी सेवन नगर्ने ।
१२. मृत पन्छी र तिनीहरुका सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाडने प्रबन्ध मिलाउने ।

प्रतिक्रिया दिनुहोस