फाइनल भयो सरकारको नीति तथा कार्यक्रम

राष्टपतिले भोलि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र प्रचण्डले सँगै बसेर फाइनल गरेका छन् ।

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, ०८ : ३६
फाइनल भयो सरकारको नीति तथा कार्यक्रम

फाईल फोटो

काठमाडौं । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्टपति विद्यादेवी भण्डारीले भोलि सरकारका तर्फवाट प्रस्तुत गर्न लागेकी सरकारको नीति तथा कार्यक्रम तयार भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डवीच बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले नीति कार्यक्रममाथी अन्तिम छलफल गदै तयार पारेको हो ।

आज एकपटक पूनः दुबैअध्यक्षले एक सरो तयार भएको नीति कार्यक्रममाथी छलफल गर्नेछन् । र छाप्नका लागि प्रेसमा पठाउने तयारी भएको छ ।

राष्टपति भण्डारीले भोली संघीय संसदको दुबै सदनको दिउँसो ४ वजे वस्ने वैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

सरकारले ल्याउने बजेट नीति तथा कार्यक्रम अनुसार नै हुने भएकोले पनि सरकारको नीति कार्यक्रममाथी सत्तारुढ दल र प्रतिपक्षी दलले पनि निक्कै चासोका साथ हेरिरहेका छन् ।

चालु आर्थिक् वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परावादी भएको र निर्वाचन घोषणापत्र केन्द्रीत भई नआएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि थियो । तर सरकारले ५ वर्षे सरकार भएकोले पहिलो एक वर्ष आधारवर्ष भएको र अव भने समृद्धिका लागि अगाडी वढने गरी कार्यक्रम आउने जवाफ दिँदै आएको थियो ।

यो वर्षको नीति कार्यक्रममा भने अघिल्लो वर्षको कमजोरी र सफलता, राम्रा र नराम्रा कामको समिक्षा गरेर अन्तिम फाइनल गर्ने गरी काम भएको अध्यक्ष प्रचण्डले मजदुर दिवसको कार्यक्रममा बताएका थिए ।

कस्तो आँउला कार्यक्रम ?
सरकारले यो वर्षको नीति तथा कार्यक्रममा आर्थिक वृद्दिदर ८ प्रतिशत पु¥याउने लक्ष्य राख्न खोजेको छ । आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्दिदर हासिल गर्ने लक्ष्य लिएको सरकारले आफनो नीति कार्यक्रमलाई एक्सनमुखी वनाउँदै यो वर्षमा ८ प्रतिशत वृद्दिदरको लक्ष्य लिन खोजेको हो ।

कार्यक्रममा राष्टिय योजना आयोगद्धारा स्वीकृत भएको १५ औं परियोजनाको आधारपत्रले प्राथमिकता दिएका विषयलाई पनि समेटिने छ । कृर्षि, उर्जा, भौतिक पूर्वाधार निर्माण, औधोगिककरणलाई विशेष प्राथमिकता सूचिमा राखेर कार्यक्रम ल्याउने तायरीमा सरकार लागेको छ ।

यसैगरी सूचना प्रविधि, पर्यटन र सहरी विकास, विज्ञान तथा प्रविधि, ग्रामिण विकास, पूर्ननिर्माण लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न खोजेको छ ।

समाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न खोजेको सरकारले यस वर्ष वृद्ध भत्तामा केही प्रतिशत रकम वृद्दि गर्ने, कर्मचारीको तलवमा समायोजन गर्ने, मजदुरहरुको समाजिक सुरक्षाको ब्यवहारत कार्यान्वयनका लागि कार्यक्रम ल्याउने जस्ता कार्यक्रम पनि समेटिने भएको सरकारी स्रोतले वतायो ।

वृद्दभत्ता वढने विषयमा भने प्रधानमन्त्री ओली स्वंमले नेकपा पाटीृ स्थापना दिवसमा घोषण नै गरेका थिए । कम्युनिष्टले नै अगाडी वढाएको कार्यक्रममा प्रतिपक्षी काग्रेसले केही गरेन भनेर हाउगुजी फैलाईरहेको भन्दै प्रधानमन्त्रीले अव आउने वजेटमार्फत त्यो पनि वढेपछि वोली नै वन्द हुने वताएका थिए ।

सरकारको नीति तथा कार्यक्रम पछि संसदमा प्रि वजेट छलफल गराउने तयारी सरकारको छ । त्यसपछि संविधानमै उल्लेख भएको ब्यवस्था अनुसार आगामी जेठ १५ मा आगामी आर्थिक वर्षका लागि सरकारले वजेट ल्याउने छ । 

प्रतिक्रिया दिनुहोस