नेकपा नेताका कति धेरै विदेश भ्रमण

वामदेव गौतम र विष्णु पौडेलवाहेक नेकपाका सचिवालयमा रहेका अन्य ७ नेताले कम्तीमा ३ पटक विदेश भ्रमण गरिसकेका छन् ।

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, ०८ : ०८
नेकपा नेताका कति धेरै विदेश भ्रमण

फाईल फोटो

काठमाडौं । नेकपाका नेताहरुका विदेश भ्रमण पार्टी वैठकमै आश्चर्य मान्न थालिएको छ । १५ वैशाखमा उत्तरी छिमेकी मुलुक चीन भ्रमण सकेर काठमाडौं फर्केको भोलिपल्टै वरिष्ठ नेता माधव नेपाल अमेरिका उड्ने खबर पार्टी सचिवालयमा सुनाएपछि नेताहरुले नै आश्चर्य माने ।

नेता नेपालले आफु आजै अमेरिका जान लागेको १६ वैशाखको सचिवालय वैठकमा सुनाएपछि कतिपय नेताले उनलाई नेपाललाई टान्जिट प्वाइन्ट मात्र वनाएको भन्दै वैठकमै हासी मजाक गरेका थिए ।

भाईको छोरीको विवाह अमेरिकामा हुन लागेकोले नेपाल पछिल्लो पटक पारिवारिक भ्रमणमा अहिले अमेरिकामा छन । उनी भोलि नेपाल फर्कदैछन् ।

उनको  तत्कालिन एमाले माओवादी केन्द्रको एकतापछिको यो अवधीमा मात्रै १० पटक विदेश भ्रमण पुगिसकेका छन् । यसकारण पनि उनलाई विदेशका जस्ता अफर आएपनि जान तयार हुने नेताका रुपमा पार्टीभित्र वाहिर आलोचना हुन थालेको छ ।

नेपालले अहिलेसम्म १६ वैशाख ०७५ मा अमेरिका, ११ वैशाख ०७६ मा चीन, १६ माघ ०७५मा लाओस, २९ कात्तिक ०७५मा बेलायत, ३ असोज ०७५मा घाना, १५ भदौ ०७५ मा अमेरिका, ३ भदौ ०७५ मा चीन, १० साउन ०७५मा कम्बोडिया, २६ असार ०७५मा चीन र १९ जेठ ०७५ मा ब्राजिलको भ्रमण गरेका थिए ।

नेपाल मात्र होइन नेकपाका अन्य सचिवालय सदस्यको पनि विदेश भ्रमण वढदो मात्रामा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली नेपाल फर्केको केही दिनपछि नै कम्वोडिया र भियतनामको भ्रमणमा निस्क्दैछन् ।

ओली पार्टी एकता गरे लगतै पहिलो राजकीय भ्रमण भारत गर्ने योजना बनाएका थिए । तर, प्राविधिक कारण पार्टी एकता टुङगो लाग्न नसकेपछि चैत २३ गतेदेखि २५ गतेसम्म भारत भ्रमण गरेका थिए । दोस्रो कार्यकाल प्रधानमन्त्री भएपछि पहिलो राजकीय भ्रमण उनले भारतको गरेका थिए ।

पार्टी एकता गरे लगतै प्रधानमन्त्री ओलीले चीनको राजकीय भ्रमण गरेका थिए । पार्टी अध्यक्ष एवम प्रधानमन्त्रीका रुपमा ४७ जना टोलीको नेतृत्व गर्दैै उनले चीन भ्रमण गरेका थिए । २०७५ असार ५ गतेदेखि १० गतेसम्म चीनको भ्रमणगरी स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री  ओली सयूक्त राष्ट्रको ७३ औ महासभा भाग लिन त्यसपछि असोज ६ देखि १८ सम्म अमेरिका भ्रमण गरेका थिए । सयूक्त राष्ट्र सघमा भाग लिन गएका प्रधानमन्त्री ओली कोष्टारिकाको समेत भ्रमण गरेका थिए । कोष्टारिकाका राष्ट्रपतिको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भ्रमण गरेका थिए ।

अहिले उनी कम्वोडिया र भियतनाम भ्रमणको तयारीमा छन् ।  अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि दुइृ छिमेकी मुलुक भारत चीनको भ्रमण गरेका छन् । यी दुई देशको राजनीतिक भ्रमण भएपनि प्रचण्डको यी वाहेक अन्य पारिवारिक भ्रमण पनि भएका छन् ।

पार्टी एकता घोषणा गरे लगतै श्रीमती सिता दाहालको उपचारका लागि २०७५ असार ४ गते प्रचण्ड सिङगापुर गएका थिए ।

त्यसपछि उनी सदभाव भ्रमणका लागि २०७५ भदौ २१ गतेदेखि २४ गतेसम्म भारत र त्यसलगत्तै चीन भ्रमणमा निस्केका थिए ।

त्यसपछि उनी फेरि २०७५ कात्तिक ९ गते एक दिनका लागि भारतीय थिङक ट्याङक समुह इण्डिया फाउण्डेसनले गरेको कार्यक्रममा आफ्नो धारणा राखेर फर्किएका छन् ।

त्यसपछि पनि उनी पत्नी सीताकै उपचारका लागि अमेरिका पुगेर फर्केका छन् ।

 वरिष्ठ नेता झलनाथ खनाल , प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्यहरु इश्वर पोखरेल, रामवहादुर थापाले पनि विदेश भ्रमण गरेका छन् । उपचार सहित दुई पटक झलनाथ खनालले चीन भ्रमण गरे र भने भारतमा पनि उनी गत महिनामात्र भ्रमण गरेर फर्केका छन् ।

पार्टी एकता घोषणा सभा हुदै गर्दा खनाल चीन भ्रमणमै थिए । २०७५ साउन ६ गते प्याराथाईराड र मृगौलामा भएको पत्थरीको सल्याक्रिया गर्न पून खनाल चीन गएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले पनि चार वटा देशको भ्रमण गरिसकेका छन् ।  पोखरेलले लेबनान, पोल्याण्डा लगायतका देशको भ्रमण गरेका छन् । प्रवक्ता श्रेष्ठ २०७५ जेठ ११ गते चीन भ्रमण गरेका थिए । कार्ल माक्र्सको दोस्रो सतवार्षिकी अवसरमा चिनिया कम्यूनिष्ट पार्टीको निमन्त्रणमा अन्तराष्ट्रिय सम्मेलनमा गएका थिए । चीन भ्रमण गरे लगतै प्रवक्ता श्रेष्ठ माधव नेपाल सित जेठ २१ गतेदेखि २९ गतेसम्म ब्राजिल भ्रमण गरेका थिए । त्यसपछि पार्टी सचिवालयकै निर्णयका आधारमा २०७५ भदौ २९ गते एक हप्ताका १५ सदस्य  टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा गएका थिए । फेरि उनी २०७५ कात्तिक ६ गतेदेखि चीन भ्रमणमा गएका छन् । चीनको ग्वाझाओमा आयोजनामा गरिएको वेल्ट रोड इनिसिएटिभ(बीआआई)को तीन दिने वैठकका लागि २२ सदस्य टोलीको नेतृत्व गर्दै गएका छन् । उतैबाट कात्तिक १० र ११ गते कम्बोडिया पनि पुगेका थिए प्रवक्ता श्रेष्ठ ।

गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामवहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओली सहित चीन भ्रमणमा गएका थिए । त्यसपछि पनि उनले थप दुई ओटा विदशे भ्रमण गरिसकेका छन् । इण्डोनेसियाको वाली लगायतका ठाउमा उनको भ्रमण भएको थियो ।

नेकपा सचिवालयका ९ सदस्यमध्ये महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम भने पार्टी एकताको यो एक वर्षको वीचमा कुनै पनि देशको भ्रमणमा निस्केका छैनन ।

प्रतिक्रिया दिनुहोस