यसरी मिल्दैछन बाबुराम र उपेन्द्र

कुनै असहज अवस्था नआए २३ वैशाखमै एकता घोषणा गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, ०७ : ५४
यसरी मिल्दैछन बाबुराम र उपेन्द्र

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालवीच पार्टी एकीकरण हुने भएको छ । नेकपाकै पार्टी एकताको मोडेलमा आधारित भई नेतृत्व भागवन्डामा सहमति जुटाएर यी दुई पार्टीले एकताको घोषणा गर्न लागेका हुन् ।

त्यसका लागि वीचमा कुनै वाधा अवरोध नआए वैशाख २३ मै राजधानीमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकताको घोषणा गर्ने तयारीमा दुवै पार्टी लागेका छन् ।

एकीकृत पार्टीको नाममा समाजवादी राखेर एकताको तयारी भएको छ । दुवै पार्टीका अध्यक्ष एकीकृत पार्टीमा अध्यक्ष रहने गरी एकताको संगठनात्मक मोडेल तयार पारिएको नेताहरुको भनाई छ ।

एकताको संगठनात्मक मोडेल तयार पार्नका लागि फोरमले राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिले नवराज सुवेदी रहेको वार्ता टोली वनाइृ छलफल गरेको थियो ।

यी दुई टोलीले पाँच पटकको निरन्तरको छलफल पछि एकताको संगठनात्मक मोडेलमा सहमति जनाएको स्रोतले वतायो । एकीकृत पार्टीमा फोमर अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भटटराई दुवै अध्यक्ष हुनेछन् ।

वरिष्ठतामा भटटराइृ पहिलो नम्वरको अध्यक्ष भएपनि कार्यकारी अधिकार भने यादवलाई दिने सहमति छ । महाधिवशेनसम्म २५ सदस्यीय राष्टिय परिषद वनाउने र त्यसमा फोरमवाट १६ र नयाँ शक्तिवाट ९ जना रहने गरी भागवन्डाको टुंगो पनि लागेको छ ।

एकता केन्द्रीत अन्तिम छलफलका लागि दुवै पार्टीले आ आफना पार्टी वैठक पनि वोलाएका छन् । फोरमले २१ गते पार्टी केन्द्य्रीय समितिको वैठक आ्रह्वान गरेको छ । २८ वैशाखदेखि महाधिवशेनको मिति तय गरी तयारीमा रहेको उसले पार्टी एकताको टुंगो लागे महाधिवेशन स्थगित गर्ने सम्भावना छ । त्यस्तै नयाँ शक्तिले पनि २० गते पार्टी सचिवालयको वैठक वोलाएको छ । 

प्रतिक्रिया दिनुहोस