सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन : गृहमन्त्री थापा

शनिबार, १४ बैशाख २०७६, १४ : ००
सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन : गृहमन्त्री थापा

जनकपुरधाम  । गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने  कुरा आफूलाई जानकारी नभएको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोेजित प्रदेश नं २ स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री थापाले संविधानमा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था छैन भन्नुभयो ।

सरकारले सङ्घीयता विरोधी कुनै पनि विधेयक नल्याएको बताउँदै मन्त्री थापालेले सङ्घले संविधानअनुसार नै प्रदेश प्रहरीको व्यवस्थापन गर्ने बताउनुभयो ।

उहाँले सरकारले नागरिकता समस्या हल गरिसकेको छ भन्नुहुँदै सर्वोच्च अदालतले विसं २०५४ को नागरिकताबारे आदेश दिएको र विगतमा सोको बारेमा पनि सरकारले स्पष्ट कारण दिई विसं २०५८ को नागरिकताको समस्या हल गरेको स्पष्ट पार्नुभयो ।

मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा मुलुकमा सुशासन, शान्ति, सुरक्षा स्थितिको सुदृढ गर्ने काम भएको दाबी गर्दै स्वतन्त्र मधेशको माग राख्ने सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने र संविधान विरोधी शक्तिको गतिविधिलाई निस्तेज पारेर राष्ट्रिय अखण्डता र शान्ति सुरक्षा कायममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ भन्नुभयो । संविधान विरोधीलाई पनि मूलधारमा ल्याउन सरकार प्रयासरत रहेको छ भन्नुभयो । 

मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक रूपले सुधार र लगानी प्रवद्र्धनको महत्वपूर्ण आधार खडा भएको बताउनु हुँदै आगामी लक्ष्य आर्थिक विकास दरमा वृद्धि रहेको धारणा राख्नुभयो ।(रासस) 
 

प्रतिक्रिया दिनुहोस