एजेन्सी । आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ ।
नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।
महिलाले आफू सूरतमा रहेको आसाराम बापुको आश्रममा रहँदा नारायणले पटक-पटक यौन शोषण गरेको बताएकी थिइन् । उनका पिता आसाराम पहिले नै बालात्कार मामिलामा दोषी ठहर भएका छन् । उक्त अपराधका लागि उनलाई आजीवन कारावास सजाय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ बैशाख २०७६, १२ : २७
लेखकबाट थप