गीत संगीतले क्रान्तिलाई उत्कर्षमा पु¥याउँछ : प्रचण्ड

शुक्रबार, १३ बैशाख २०७६, १८ : ५७
गीत संगीतले क्रान्तिलाई उत्कर्षमा पु¥याउँछ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले गीत संगीतले कुनै पनि क्रान्ति वा संघर्षलाई उत्कर्षमा पुर्याउन अहम् भूमिका खेल्ने बताउनुभएको छ । 
अध्यक्ष प्रचण्डले ०६२÷०६३ को जनआन्दोलनलाई सफल बनाउन गीत, संगीत र साहित्यको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार आयोजित जेबी टुहुरे एकल साँझ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
‘जनआन्दोलनको क्रममा गीतले ठूलो भूमिका खेलेको थियो,उहाँले भन्नुभयो,‘कोही नेता मैले देख्दैनथ्ये, जसले गीत गाउदैनथ्यो । जाने पनि नजाने पनि सबैले गाउँथे ।’ प्रचण्डले राजनीतिमा जस्तो गीतमा कुनै किसिमको विभेद नहुनेसमेत बताउनुभयो । जेबी टुहुरे ७५ वर्षको उमेरसम्म अनवरत गीत संगीतमा लागेकोमा खुशी व्यक्त गर्दै प्रचण्डले कार्यक्रम सफलताको शुभकामनाका साथै धन्यवाद दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस