माधव नेपालको अचाक्ली विदेश मोह

नेकपा वरिष्ठ नेता नेपाल चीनवाट फर्केलगत्तै अमेरिका उड्ने तयारीमा, उनको विदेश मोहवाट पार्टी नेताहरु नै आजित वन्न थाले

शुक्रबार, १३ बैशाख २०७६, ०८ : ३५
माधव नेपालको अचाक्ली विदेश मोह

काठमाडौं । राजनीतिक दलका नेताहरु विदेश जादा कस्ता कार्यक्रममा जाने, कस्तामा नजाने भनेर निक्कै सोचविचार गरेर मात्र निर्णयमा पुग्नु पर्ने हुन्छ । विदेश भन्ने वित्तिकै हत्तारिदै हस्याङ फस्याङ गदै दर्गुन थाले भने त्यहाँ उनीहरुलाई विभिन्न स्वार्थ समुहले प्रयोग गर्न सक्ने र राजनीतिक जीवनलाई नै वदनाम वनाईदिन सक्छन् ।

अझ पूर्व प्रधानमन्त्री नै भईसकेका ब्यक्तिले त झन यो विषयमा धेरै नै सोचविचार गरी निर्णय लिनु पर्ने हुन्छ । तर नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालको हकमा यो लागु हुदैन । उनी विदेश भ्रमणका लागि अन्त्यन्त भोका छन् । जसले जे कार्यक्रममा वेलाएपनि देशभित्रको राजनीति उनलाई मतलव हुदैन, उनी दौडिहाल्छन् ।

नेकपामा सवैभन्दा वढी विदेश मोह उनैले राख्छन् । अहिले पनि उनी चीन भ्रमणमा छन् । विआरआई सम्मेलनमा सहभागी हुनका लागि चीन पुगेका उनी नेकपाको पार्टी एकता पछि मात्रै पनि पाँचौ पटक चीन भ्रमणमा गईसकेका छन् ।

देशभित्र आन्तरिक संगठनको एकता अझै टुग्याउन वाकी रहेको र एकता प्रक्रिया टुग्याउन तत्कालिन एमालेभित्र उनीसँगको छलफल विना सम्भव नुहने अवस्था छ । फेरि उनी नभएका वेला नेताहरुका वैठक वस्ने र निर्णय लिदा उनी असन्तुष्टि जनाईहाल्छन्, उस्तै परे पार्टीमा फरक मत राखीहाल्छन् । नेपालको चरित्र यस्तो छ ।

नेकपाले यतिवेला पार्टी पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनसंगठनको एकता टुग्याउन वाँकी नै छ । तर उनको विदेश मोहका कारण फेरि यी निर्णय प्रक्रिया प्रभावित हुने खतरा वढेको छ । उनको समय अनुकुल वैठक राखेर निर्णय लिनुपर्ने वाध्यतामा नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्ड पुगेका छन् ।

चीन भ्रमणमा रहेका नेपाल फेरि अमेरिका जाने अर्काे कार्यतालिका वनाउँदै छन् । १५ वैशाखमा स्वदेश फर्किने या सिधै चीनवाटै अमेरिका जाने भन्ने अवस्थामा यतिवेला नेपाल छन् ।

नेपालका स्वकिय सचिव महेश गौतम यो विषयमा आज टुंगो लाग्ने वताउँछन् ।

‘उहाँ १५ वैशाखमा स्वदेश फर्किने गरी चीनको वीआरआई सम्मेलनमा सहभागी हुन जानु भएको हो,’ गौतमले सफल खवरसँग भने, ‘स्वदेश फर्केपछि तत्कालै पारिवारिक कामका लागि उहाँ अमेरिका जान लाग्नुभएको हो । कहिले जाने भन्ने कार्यतालिका वनिसकेको छैन, सायद आज वन्छ होला ।’

विगत एक वर्षको वीचमा बरिष्ठ नेता नेपालले ब्राजिल, चीन, कम्वोडिया, अमेरिका, घाना लगायतका देशको भ्रमण गरिसकेका छन् ।  


 

प्रतिक्रिया दिनुहोस