बिहे अघि नै पिता बन्दै अर्जुन रामपाल

विहीबार, १२ बैशाख २०७६, १० : ४०
बिहे अघि नै पिता बन्दै अर्जुन रामपाल

बलिउडमा अभिनेता वा अभिनेत्रीहरु विवाहभन्दा अगाडि नै माता–पिता बन्ने चलन निकै पुरानो हो । हालै बाहिरिएको खबरअनुसार, बलिउड अभिनेता अर्जुन रामपालकी गर्लफ्रेण्ड ग्याब्रिएला डेमेट्रिएडस आमा बन्दैछिन् । अर्जुनले गत वर्ष पत्नी मेहरसँग २० वर्ष लामो सम्बन्ध टुंग्याएका थिए । अब उनकी गर्लफ्रेण्ड विवाह अगाडि नै आमा बन्दैछिन् ।  
 
डेमेट्रिएडसले अर्जुनसँगको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यसमा अर्जुन, ग्याब्रिएलाको निधारमा चुम्बन गर्दै देखिएका छन् । तस्वीरमा ग्याब्रिएलाको बेबी बम्प पनि देखिएको छ । उनले क्याप्सनमा लेखेकी छन, तिमीहरु दुई साथ हुनुको खुसी महशुस गरिरहेको छु । अब तिमीलाई मिल्ने ब्यग्र प्रतिक्षा छ ।

अर्जुनले पनि आफ्नो इंस्टाग्राममा ग्याब्रिएलासँगको एक प्रेमिल ब्ल्याक एण्ड व्हाइट तस्वीर साझेदार गरेका छन् । उनले तस्वीरसँगै क्याप्सनमा लेखेका छन, म भाग्यमानी हुँ कि, तिमी मलाई मिल्यौ र एक नयाँ सुरुवात भयो । धन्यवाद बेबी यो बेबीका लागि । पूर्वपत्नी मेहरसँग टाढिए पनि अर्जुन छोरीसँग भने निकै नजिक छन । 
 २००१ मा आएको फिल्म प्यार, इश्क और मोहब्बतुबाट उनले बलिउडमा डेब्यू गरेका थिए । डेब्यूसँगै उनलाई अन्तर्राष्ट्रीय भारतीय फिल्म एकेडेमीबाट फेस अफ द ईयरको अवार्ड दिइएको थियो । २००७ मा शाहरुख खानको डबल रोल रहेको फिल्म ओम शान्ति ओममा उनले एक दमदार भिलेनको भूमिका निभाएका थिए । उनको पछिल्लो फिल्म पलटन हो ।

प्रतिक्रिया दिनुहोस