नेकपाको स्थापना दिवस आज, प्रज्ञा भवनमा विशेष समारोहका वीच नेताहरुको सम्वोधन

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, ०८ : ०४
नेकपाको स्थापना दिवस आज, प्रज्ञा भवनमा विशेष समारोहका वीच नेताहरुको सम्वोधन

फाईल फोटो

काठमाडौं । नेपालको कम्युनिष्ट पार्टीको आज ७० औं वर्षगाठ हो । पार्टी स्थापना भएको ७० वर्ष पूरा भएर ७१ औं वर्षमा प्रवेश गरेको छ । लेनिन जयन्तीको अवसर पारेर २००६ सालमा भारतको कलकत्ताको गल्लीमा पुष्पलाल श्रेष्ठ, नरवहादुर कर्माचार्य, निरन्जन गोविन्ध वैद र नारायणविलाश जोशीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

सात दशको अवधीमा नेकपाका सस्थापकहरुले देखेको सपना छुने हैसियतमा नेपालका कम्युनिष्ट पार्टीहरु आईपुगेका छन् । अहिले सरकारमा नेकपाको झण्डै दुई तिहाई वहुमत छ । केन्द्य्र, प्रदेश र स्थानिय तिन ओटै सरकारमा पनि नेकपाकै वहुमत छ ।

संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनकालमा राजाको निरंकुशता समाप्तिको न्यूनतम लक्ष्य पनि पूरा भएको थिएन, तर उनले कार्यक्रममा राखेको गणतन्त्र अहिले साकार भएको छ ।

नेपालमा गणतन्त्रको सपना देख्ने पहिलो राजनीतिक शक्ति कम्युनिष्ट पार्टी नै थियो । गणतन्त्र ल्याउनमा निर्णायक भूमिका पनि कम्युनिष्टहरूकै रह्यो । तत्कालिन माओवादीले गणतन्त्र लयाउनका लागि हतियारवद्द संर्घष नै गरेको थियो । माओवादीको १० वर्षे जनयुद्द को वलमा ०६२÷०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र स्थापनाको ढोका खोलिदिएको थियो ।

नेकपा स्थापनाको ७० औं वर्षगाँठ मनाइरहँदा नेपालका कम्युनिष्टहरूसँग गर्व गर्ने उपलब्धिहरू छन् । नयाँ संविधान मार्फत देशलाई संवैधानिक–राजनीतिक निकास दिंदै नवस्थापित गणतन्त्रलाई संस्थागत गर्ने मूल लक्ष्य पूरा भएको छ । झण्डै दुई तिहाईको कम्युनिष्ट सरकार निर्माण भएको छ । ५६ वर्ष अगाडी देखि टुटफुटमा रमाईरहेका कम्युनिष्टहरु फुटने होइन, जुटेन तिर केन्द्रीत
हुन थालेका छन् । दुई ठूला नेपालका कम्युनिष्ट पार्टीका वीचमा एकता भएको छ। समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, संघीयता जस्ता उपलब्धी कम्युनिष्टकै कारण सम्भव भएको छ ।

यही उपलब्धीको रक्षा गरेर थप उपलब्धी प्राप्तीमा कम्युनिष्ट पार्टीहरु अहिले लागिपरेका छन् ।
पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले आज राजधानीको प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
११ महिना अगाडी केन्द्रमा एकता घोषणा गरेको नेकपाले स्थापना दिवसकै अवसर पारेर आज जिल्ला तहको एकताको र्औपचारिक घोषणा पनि गदैछ । कार्यक्रममा
अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालले सम्वोधन गर्ने कार्यक्रम तय भएको नेकपा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले वताए ।

कम्युनिष्ट लोकप्रियता
संसारको महाशक्ति सोभियत संघ चलाउने लेनिनले जन्माएको रूसको कम्युनिष्ट पार्टी इतिहासका पानाहरूमा सीमित भएको छ । पूर्वी यूरोपमा आज कम्युनिष्ट पार्टीहरू नै छैनन् भन्ने अवस्था छ । सन् १९९० को दशकमा संसारमा कम्युनिष्ट पार्टीहरू धरासायी हुँदै गर्दा यता नेपालमा कम्युनिष्टहरू शक्तिशाली रूपमा देखा परेका छन् । लोकतान्त्रिक प्रक्रियाबाट नेपालका कम्युनिष्टहरूले हासिल गरेको शक्ति बढेकै छ, घटेको छैन ।

नेपालमा वामपन्थीहरूले लामो संघर्ष, त्याग र बलिदानबाट आजको राजनीतिक हैसियत बनाएका हुन्।  यसको मुख्य कारण नेपालका कम्युनिष्टहरूले स्थापनाकालबाटै राष्ट्रियता संरक्षण, लोकतन्त्र स्थापना र जनजीविकालाई तत्कालीन लक्ष्यका रूपमा अघि सार्दै आएको परिणाम भएको विश्लेषकहरु तर्क गर्छन् ।

राजा महेन्द्रले २०१७ सालमा कु गरेपछि संसद् पुर्नस्थापनालाई राजनीतिक माग बनाउने पहिलो नेता पुष्पलाल थिए । समय बित्दै जाँदा उनले कम्युनिष्ट–कांग्रेस मिलेर पञ्चायती व्यवस्था विरुद्ध संयुक्त संघर्ष गर्नुपर्ने कार्यनीति अघि सारे, जसलाई नेपाली कांग्रेसका सिद्धान्तकार बीपी कोइरालाले जीवनभर बुझन सकेनन्। पुष्पलालले भने आजीवन संसदीय लोकतन्त्र स्थापनाको लागि कम्युनिष्ट–कांग्रेस मिल्नुपर्नेमा जोड दिइरहे । उनको मृत्युपछि नेपालका कम्युनिष्टहरुले  पनि संयुक्त संघर्षमा जोड दिईरहे र अन्तत त्यही सकार्य र संयुक्त मोर्चाले निरंकुशताको अन्त्य भयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरयो ।
 

प्रतिक्रिया दिनुहोस