कांग्रेसमा को कहाँ खटिए ? अभियानमा कांग्रेसका पदाधिकारी प्रदेशका कमाण्डर

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, ०७ : ०२
कांग्रेसमा को कहाँ खटिए ? अभियानमा कांग्रेसका पदाधिकारी प्रदेशका कमाण्डर

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले ११ वैशाखवाट शुरु गर्न लागेको जागरण अभियानमा केन्द्रीय नेताहरुलाई नै जिल्लामा खटाएको छ । पार्टी सभापति शेरवहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्दय विजय गच्छेदार, विमलेन्द्र नीधि, महामन्त्री डा शसांक कोइराला, पूर्णवहादुर खडका र कोषाध्यष सीतादेवी यादव लाई प्रदेश कमाण्डरका रुपमा र अन्य केन्द्रीय नेताहरुलाई केन्द्रीय प्रतिनिधीका रुपमा जिल्लामा खटाईएको काग्रेसले जनाएको छ ।

सभापति देउवालाई प्रदेश ३, पौडेललाई प्रदेश २, गच्छेदारलाई प्रदेश १, निधिलाई सुदुरपश्चिम, खडकालाई गण्डकी, कोइरालालाई प्रदेश ५ र यादवलाई कर्णाली प्रदेशमा अभियानको कमाण्डर तोकिएका हुन् ।

तीन चरणमा अभियान चलाउन खोजेको काग्रेसले संगठन सुढीढीकरण र सरकारका गलत कामकारवाही विरुद्ध एक महिनासम्म जिल्लाब्यापी अभियान, दोश्रो चरणमा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अभियान र तेश्रो चरणमा स्थानिय तहस्तरको अभियान चलाउने उदेश्य अनुरुप केन्द्रीय प्रतिनिधीका रुपमा नेताहरु खटाएको हो ।

नेताहरु प्रकाशमान सिंहलाई बारा, कृष्णप्रसाद सिटौलालाई मोरड, रामशरण महतलाई सिन्धुली, अर्जुननरसिंह केसीलाई मकवानपुर, ज्ञानेन्द्रवहादुर कार्कीलाई झापा, महेश आचार्यलाई सुनसरी, बलवहादुर केसीलाई धनुषा, महालक्ष्मी उपाध्यायलाई सर्लाही, फरमुल्लाह मन्सुरलाई पर्सा, डा शेखर कोइरालालाई काभ्रे, दिलेन्द्र वडुलाई बाजुरा, मीनेन्द्र रिजाललाई भक्तपुर, गगन थापालाई अछाम, बालकृष्ण खाँण्लाई काठमाडौं, सुरेन्द्र पाण्डेलाई ललितपुर खटाएको छ ।

त्यस्तै प्रदीप गिरिलाई उदयपुर, चित्रलेखा यादवलाई महोत्तरी, रमेश लेखकलाई चितवन, प्रदीप पौडेललाई धादिड, दीपक गिरिलाई नवलपुर, नविन्द्रराज जोशीलाई तनहु मा खटाएको छ ।

प्रतिक्रिया दिनुहोस