नेकपा जिल्ला एकता: ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, २० : १०
नेकपा जिल्ला एकता: ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रियाअन्तर्गत ७७ वटै जिल्लाका जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको वैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस