एकता टुग्याउन नेकपामा आज निर्णायक छलफल, जिल्ला अध्यक्ष र सचिवको नाममाथि छलफल हुँदै

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, ०७ : ३९
एकता टुग्याउन नेकपामा आज निर्णायक छलफल, जिल्ला अध्यक्ष र सचिवको नाममाथि छलफल हुँदै

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपाको जिल्ला तहको एकता टुग्याउन शीर्ष नेताहरुवीच आज निर्णायक छलफल हुँदैछ । अहिले विहान ९ वजे प्रधानमन्त्री निवास वालुवाटारमा निर्णयक छलफल हुन लागेको नेताहरुले वताएका छन् ।

छलफलमा मुख्य चार नेतामात्रै सहभागी हुने भएका छन् । अध्यक्षद्दय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलवीच निर्णायक छलफल हुन लागेको हो ।

पार्टी स्थापना दिवसकै दिन पारेर एकता प्रक्रिया टुग्याउने सैदान्तिक सहमति अनुसार नै नेताहरुले केही दिन यता विभिन्न चरणमा छलफल प्रक्रियालाई अगाडी वढाईरहेका छन् । खासगरी तत्कालिन एमाले खेमाभित्रको ओली र नेपाल समुहका वीचमा जिल्ला नेतृत्व भागवन्डामा कुरा निमल्दा एकता प्रक्रिया लम्विरहेको थियो ।

स्रोतहरुका अनुसार अव भने माधव नेपाल पक्षलाई पनि ओली पक्षले केही सम्मानजनक स्थानको नेतृत्व दिन तयार देखिएको छ । अध्यक्ष प्रचण्डले दुवै नेताका वीचमा देखिएको समस्या समाधानका लागि अनेक विकल्पमा छलफल प्रस्तुत गरेर मध्यमार्गी भूमिका निर्वाह गरेपछि ओली नेपाल दुवै नेता आ आफनो अडानमा केही लचिलो वनेको स्रोतको भनाई छ ।

वरिष्ठ नेता नेपाल विद्यमान जिल्ला कमिटिकै वरिष्ठलाई नेतृत्व् दिनुपर्ने पक्षमा उभिएपछि एकतामा ओली नेपाल वीच टसल वढेको थियो । ओली पक्षले भने एकता प्रक्रिया विशिष्ट अवस्थामा भएकोले सवै पक्षलाई समेटनु पर्ने वताउँदै आएको थियो ।

७७ जिल्ला मध्ये तत्कालिन एमालेको भागमा परेको ४५ जिल्ल्ला कमिटिमा ओली पक्षले २ जिल्ला वाहेक ४३ जिल्लाको अध्यक्षमा आफु निकट नेताहरुलाई नाम प्रस्ताव गरेपछि नेपाल पक्षका नेताहरुले नमान्ने र समानान्तर कमिटि वनाउने चेतावनी दिदै आएका थिए ।

तर प्रचण्डको दुवै नेतालाई मिलाउन खेलेको भूमिका पछि भने दुवै नेताहरु केही लचक वनेको स्रोत वताउाछ । अव एकताको निश्चित सैदान्तिक विधि वनाउने तर त्यसो गर्दा पनि मिल्न नसकेको ठाउमा भने ब्यक्ति र स्थानका विषयमा विकल्पको खोजी समेत गर्न सकिने गरी नेताहरुका वीचमा सैदान्तिक सहमति जुटेको छ । यसो गर्दा अव ओली पक्षले ४५ जिल्ला मध्ये नेपाल पक्षलाई करिव एक दर्जन जिल्लाको नेतृत्व दिन तयार देखिएको छ । यस अगाडी सिन्धुपाल्चोक र दृेलखा जिल्लामा मात्र नेपाल पक्षलाई अध्यक्ष दिने ओलीले तयारी गरेका थिए ।

आज हुने ४ नेताको निर्णायक छलफलले सवै जिल्लाका अध्यक्ष र सचिवको नाम टुग्ग्याउने वताईएको छ । अध्यक्ष तत्कालिन एमालेले पाएको जिल्ला सचिव तत्कालिन माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा सचिव त्तकालिन एमालेले पाउने गरि नाम टुग्गिदै छ  ।

आजको छलफलमा चार नेताका वीचमा समझदारी जुटेमा तत्काल पार्टी सचिवालय वैठक वसेर प्रस्तावलाई अनुमोदन गराउने तयारी नेकपामा छ  ।

प्रतिक्रिया दिनुहोस