दुई कार्यक्रममा सहभागी हुन चितवन आउँदै प्रचण्ड

शनिबार, ०७ बैशाख २०७६, १८ : २६
दुई कार्यक्रममा सहभागी हुन चितवन आउँदै प्रचण्ड

भरतपुर । गृह जिल्ला चितवनका कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनु नौलो कुरा होइन् । केही दिन यता प्रचण्ड चितवन आउने क्रम बाक्लिएको छ । 
आफ्नै गृह जिल्ला र चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सांसद भएकै कारणले पनि जिल्लाका कार्यक्रमको निम्तो उहाँले सहजै स्वीकार गरेर आउने गर्नुभएको छ । नेकपाको एकिकरणको गम्भीर छलफल भइरहेको भएपनि छोटो समय निकालेर आइतबार दुई कार्यक्रममा सहभागी हुन उहाँ चितवन आउँदै हुनुहुन्छ ।
उहाँले भरतपुर वडा नम्बर ५ स्थित कैलाशनगर माध्यामिक विद्यालय कैलाश नगरको स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै जिल्ला सहकारी संघ चितवनको लगानीमा भरतपुर वडा नम्बर १० मा सञ्चालनमा आउन लागेको साझा पेट्रोल पम्पको उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस