काठमाडौँ । नायिका सुहाना थापालाई आफ्नै गीत एक्लै बसेर हेर्दा लाज लाग्ने बताएकी छिन् । भर्खरै मात्र उनले नेपाली चलचित्र क्षेत्रमा ‘ए मेरो हजुर ३’ बाट डेब्यू गरेकी हुन् । अभिनेत्री झरना थापा तथा निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाले ‘ए मेरो हजुर ३’ का गीतहरु एक्ले बसेर हेर्दा आफुलाई लाज लागेर आउने बताएकी हुन् । अध्ययनका लागि सानै उमेरदेखि होस्टेलमा बसेकी उनलाई फिल्म लाइन त्यति मन पर्दैन् थियो ।
होस्टेलमा बसेर पढेकी उनी घर विदामा आउँदा बुबाआमाको समय नपाउने हुँदा फिल्म लाइन मन नपर्ने गरेको उनी बताउछिन् । अभिनयमा आउनुभन्दा अघि उनलाई घरी के घरी के बन्न मन लाग्थ्यो । सुहानाले कहिले हिरोइन हुने कहिले सोचिनन्, तर एक पटक उनले आफ्नो बुबालाई यत्तिकै हिरोइन बन्नु प¥यो । करिअर सुरु गर्न प¥यो भनेकी थिइन । एक दिन आमाले फोन गरेर‘ए मेरो हजुर ३’ मा अनमोलले साइन गराएको बताइन् । त्यसपछि मात्रै उनले हिरोइनमा आफुलाई लिन लागेको थाहा पाएको बताइन् ।
आफुले डाइलग डेलिभरी सुधार गर्नुपर्ने सुहानाको भनाई छ । आमाको एक्सन कट अभिनय गर्दा २१ पटकसम्म टेक खाएकी उनले बताइन् । सुहानालाई ‘ए मेरो हजुर ३’ सुहानालाई आफ्ना बुबाआमाले जुराइदिएको एउटा राम्रो अवसर लाग्छ ।
प्रतिक्रिया दिनुहोस