बलिउड अभिनेता सञ्जय दत्तले कार किन्नु कुनै अनौठो कुरा होइन, तर यसपटक उनी नयाँ कार किनेकै कारण चर्चामा छन् ।
उनले महंगो कार खरिद गरेको विषय अहिले दत्तका प्रशंशक र भारतीय मिडियाका लागि चर्चाको विषय बनेको छ । फिल्म ‘कलंक’मा काम गरिरहेको दत्तले किनेको नयाँ गाडी ल्याण्ड रोभर र्यान्ज रोभर एसयुबी खरिद गरेका हुन्, जसको बजार मूल्य करिब तीन करोड भारतीय रुपैंया छ । यो भारतकै सबैभन्दा महंगो एसयुबी गाडी हो ।
दत्तले नयाँ गाडीसहितको तस्बिर इन्स्टाग्राममा अपलोड गरेपछि उनलाई समर्थकहरुले बधाई दिइरहेका छन् । चार लाख भन्दा धेरैले उनको तस्बिर लाइक गरेका छन् भने करिब चार हजारले कमेन्ट गरेका छन् । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस