मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु, ३४ जना घाइते, घाइतेमध्ये १२ जना नेपाली

एजेन्सी

सोमबार, २५ चैत्र २०७५, १२ : ४१
मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु, ३४ जना घाइते, घाइतेमध्ये १२ जना नेपाली

काठमाडौं । मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । 

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने कामदार बोकेको बस सेपाङमा आइतबार राती ११ बजे दुर्घटना भएको हो । बसमा ४४ जना विदेशी कामदार थिए । दुर्घटनामा स्थानीय बस चालकको पनि मृत्यु भएको छ । 

मृत्यु हुने नेपालीमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् । दुर्घटनामा ज्यान गुमाउने अन्यमा बंगलादेशी पुरुष कामदार ५ जना, इन्डोनेशियाका महिला कामदार ३ जना रहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा बस चालकले गलत तरिकाले बस मोड्दा नालामा खस्न पुगेको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । घटनबारे थप अनुसन्धान भइरहेको छ ।

घाइतेमध्ये १२ जना नेपाली रहेका छन् । घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र  विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस