यस्तो बनाउन सकिन्छ आँखा तेजिलो

शनिबार, २३ चैत्र २०७५, २० : ५६
यस्तो  बनाउन सकिन्छ आँखा तेजिलो

– बिहान उठेर सफा पानी आँखामा छ्याप्ने ।   – आँखा क्रमशः कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने । – एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने । – बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमशः बढ्दै जान्छ । – तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ । – पालक, बन्दाकोभी, हरियो सागसब्जी र पहेँलो फलफूलजस्ता भिटामिन–एयुक्त खानेकुरा सकेसम्म बढी खाने । यस्ता फलफूल र तरकारी खानाले रतन्धो लाग्ने जोखिम पनि कम हुन्छ । – एक/दुइटा गाजर दिनहुँ खाने । गाजरको रस निकालेर खाना खाएको एक घण्टापछि पिउने बानी बसाल्ने । – नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ । – १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने । – सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ । – बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने । – आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ । – राति ओछ्यानमा पल्टिएर नपढ्ने । – आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ । – भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तŒव आँखाका लागि लाभदायक हुन्छन् । – पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।  शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस