सामाजिक सञ्जालमा सेलिब्रिटी शिकार

नायिका रेखा थपाको प्रश्न : बिप्लवमाथिको प्रतिबन्धको आलोचना गर्दा माधव नेपाल पवित्र अनि मचाहिँ पार्टी परिवर्तन गरेको देखिने ?

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १८ : ३७
नायिका रेखा थपाको प्रश्न : बिप्लवमाथिको प्रतिबन्धको आलोचना गर्दा माधव नेपाल पवित्र अनि मचाहिँ पार्टी परिवर्तन गरेको देखिने ?

काठमाडौं । गायिका अञ्जु पन्तलाई बाइबल बाँड्न बारा पुगेको आधारहीन आरोप लगाएको २४ घण्टा नबित्दै नायिका रेखा थापालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको भ्रामक समाचार केही अनलाइनमा आएका छन् । फेसबुकको आधिकारिक पेजमा स्टाटस पोष्ट गर्दै नायिका रेखा थापाले यसको खण्डन गरेकी छिन् ।

यस्तो छ रेखा थापाको स्टाटस
मैले पाउने माया, पहिचान, आफ्नोपन, जिम्मेवारी र अनुशासन मेरो समाजको नासो हो । सार्वजनिक सम्पत्ती ठान्छु आफ्नो जीवन । तर मेरो बिचार , रोजाइ र मत भने एउटा अर्को कोही पनि ब्यक्ती भन्दा बढी र कम छैन । परिचित नाम हुनुको फाईदा स्वरुप म आफ्नो मातृभूमीमा असल र खराब बिषय बारे आफ्नो मत राख्दछु । जो मलाई आफु, समाज, पार्टी वा सरकार भन्दा ठुलो लाग्छ( मातृभूमीमा । म जस्तो धेरै अरुले पनि आफ्नो मत र बिचार राख्दछन । तर कहिलेकाही मेरो पवित्र इरादा बङ्याएर बुझ्ने पनि गरिन्छ । एयर्पोर्टमा मजदुरको सामन खोसिदा म बोले, बिप्लव माथिको प्रतिबन्धको बिरोध गरेकै हो, एनसेलले नतिरेको ७२ अर्ब आमा नेपालीको पैसा हो र असुल गर्नु पर्छ भन्ने हो नै । पत्रीका र संचार माध्यम हेर्नुस्, म मात्रा होइन न्यायको पक्षमा हजारौ मान्छे छन । तर मेरो नामबाट समाचार बिकाउने नाममा मेरो राजनीतिक सङ्लग्नता, आस्था, सहयोग र समर्थनको फैसला गर्ने तपाईंलाई छुट छैन । मेरो पार्टी, मेरा सहकर्मी, मेरो अडान र मत बारे सस्तो र आधारहिन लेखन नगरनुस् ।

बिप्लवमाथिको प्रतिबन्धको आलोचना गर्दा माधव नेपाल पवित्र अनी म चाँही पार्टी परिवर्तन गरेको देखिने ? बाबुराम त्यही कुरा भन्दा नयाँ शक्तिका हुने म चाँही राप्रपा नहुने ? यो सेक्सिष्ट हो वा बिप्लव माथि तपाईंहरुको पुर्वाग्रह ?

प्रतिक्रिया दिनुहोस