विरगञ्ज पुगेर प्रचण्डले भने– चाँडै नै पीडित परिवारले राहत पाउने छन्

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०७५, १५ : २९
विरगञ्ज पुगेर प्रचण्डले भने– चाँडै नै पीडित परिवारले राहत पाउने छन्

बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राहत प्रकृया अगाडि बढाउन लागेको बताएका छन् । 
बारा–पर्सामा आएको हावाहुरीका कारण भएका क्षतिको निरीक्षण गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका प्रचण्डले विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेर फर्केपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

राहत, उद्धार र उपचारको काम राम्रोसँग चलिरहेको उनले बताए । प्रचण्डले भने, ‘सरकारले राहतको प्रकृया अगाडि बढाइसकेकाले चाँडै नै पीडित परिवारले राहत पाउने छन् ।’

प्रतिक्रिया दिनुहोस