सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०७५, १५ : ०५
सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरिएको छ ।
न्याय परिषदले मंलगबार पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मीलाई न्यायाधीशमा सिफारिस गरेको छ ।
त्यस्तै परिषदले पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा वकिल मनोजकुमार शर्मालाई पनि न्यायाधीशमा सिफारिस गरेको छ ।
यसै गरी न्याय परिषदले उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा र उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानालाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको ।

प्रतिक्रिया दिनुहोस