–एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर दिनहुँ खाने गरेमा एक महिनामै कम्मर एकतिहाइले घटेको पाइएको छ । –डिप्रेसन भएका अथवा हुने लक्षण देखिएका महिलाको कम्मरमा बोसो बढी लाग्ने गरेको पाइएको छ । त्यही भएर प्रसन्नचित्त रहेर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ । –नियमित व्यायाम गर्नाले शरीरको बोसो अन्य ऊर्जामा रूपान्तरित हुन्छ । यसो गर्दा कम्मरमा रहेको बोसो नष्ट हुन्छ र कम्मर छरितो हुन पुग्छ । –जंक फुड नखाने । चिप्सलगायत फास्टफुडमा कार्बोहाइड्रेट र कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनी बढी हुन्छ । यिनलाई खानाले शरीरमा चिनी र इन्सुलिनको मात्रा ह्वात्तै बढ्न पुग्छ । इन्सुलिन बढेमा शरीरको मध्य भागमा बोसो जम्मा हुन्छ । त्यी भएर कम्मर छरितो बनाउन जंक फुड नखाई हरियो तरकारी र सलादमा जोड दिनुपर्छ । –म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने भएकाले दिनमा दुई पटक हरियो सागसब्जी, केरा र भटमासका परिकार खाने गर्नुपर्छ । यस्ता खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । –रातो मासुको सट्टा माछा खाने बानी बसाले कम्मरमा लागेको अनावश्यक बोसो कम हुँदै जान्छ । मासु नै खाने हो भने खसी, राँगा आदिको नभई कुखुराको खानुपर्छ । –मदिरा बढी सेवन गर्ने महिलाको शरीरमा बोसो बढी जम्मा हुने भएकाले कम्मरलाई छरितो पार्न मदिरा नखाने वा कम खाने गर्नुपर्छ ।
–पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै खर्च हुन्छ । पसिना निकाल्ने सबैभन्दा उत्तम उपाय भनेको जगिङ हो । तसर्थ, हरेक बिहान जगिङ गरेर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ । शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ चैत्र २०७५, ०७ : ४८
लेखकबाट थप