राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीर बिगारेर फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०७५, १७ : ५६
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीर बिगारेर फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने दुईजनालाई प्ररीले पक्राउ गरेको छ ।

पाल्ला गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थी पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले निर्मललाई भक्तपुरको नयाँ ठिमीबाट  र यमप्रसादलाई चितवनबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार पक्राउ परेकाहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस