राष्ट्रिय शोकको घोषणा गर्न प्रधानमन्त्रीसँग प्रदेश दुईका मुख्यमन्त्रीको माग

मृतकका परिवारलाई ३ लाख, घाइतेको निशुल्क उपचार

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०७५, ११ : ५०
राष्ट्रिय शोकको घोषणा गर्न प्रधानमन्त्रीसँग प्रदेश दुईका मुख्यमन्त्रीको माग

जनकपुरधाम । बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारसँग राष्ट्रिय शोकको घोषणा गर्न माग गरेको छ ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका हुन् ।

प्रदेशले नै शोक घोषणा गर्न लागे पनि यत्रो क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई यस्तो आग्रह गरिएको प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले   बताए ।

सोमबार बिहानै जनकपुरधाममा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस