रातभरी उद्धारमा खटिएका नेपाली सेना र प्रहरी नै रक्तदान गर्दै

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०७५, ११ : २०
रातभरी उद्धारमा खटिएका नेपाली सेना र प्रहरी नै रक्तदान गर्दै

काठमाडौँ । तराईका हावाहुरी प्रभावित जिल्लामा  घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएको छ । रगत अभावलाई पुर्ति गर्न रातभरी उद्धारमा खटिएका नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् ।

आइतबार साँझ बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने ४ सय जनाभन्दा बढी घाइते भएका छन् । अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।
एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको छ । घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस