मेरो सुरक्षामा खटिएको भ्यानले स्कुटरलाई ठक्कर दिएको मलाई शनिबार थाहा भयो :  पूर्वप्रधानमन्त्री चन्द

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०७५, १८ : ४५
मेरो सुरक्षामा खटिएको भ्यानले स्कुटरलाई ठक्कर दिएको मलाई शनिबार थाहा भयो :  पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे फेसबुक र मिडियाहरुमा आफ्नोबारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा दुःखित भएको बताएका छन् । दुर्घटना भएको कुरा आफूलाई शनिबारमात्र थाहा भएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

चन्दले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चैत १५ गतेका दिन नयाँ बानेश्वर स्थित ५ः४५ बजे तिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीकोबीचमा परेर आत्तिएर भ्यानको पछिल्लो भागमा ठोक्किँदै लडेको र लगत्तै उठी हिँडेको मलाई आज १६ गते सुरक्षा कर्मीले जानकारी गरायो । यसमा म अनविज्ञ थिए तर विभिन्न फेसबुक र मिडियाहरुमा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुःखित छु । साथै स्कुटरमा सवार व्यक्ति को हुन् । यदि कुनै किसिमको चोटपटक लागेको भएमा म भेट्न जानेछु जानकारी दिन अनुरोध गर्दछु ।’ 

शुक्ररबार साँझ सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको बा १ झ ९५२७ को पछुवा गाडीले एक स्कुरटरलाई ठक्कर दिएर लडेपनि वेवास्ता गर्दै अगाडि बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो पनि
स्कुटरलाई ठक्कर दिएर साइरन बजाउँदै हिँड्यो सशस्त्र प्रहरीको गाडी

प्रतिक्रिया दिनुहोस